काबुलमा भिडन्त
जेठ १३, एजेन्सी ।
अफगानिस्तानको राजधानी काबुलमा श्रृखलाबद्ध बम बिष्फोट र गोलाबारीमा कम्तीमा ४ तालेबान लडाकुको मृत्यु भएको छ । बजिर अकबर खान ईलाकामा बिष्फोट पछि सरकारी सेना र तालेबान लडाकुबीच गोलाबारी भएको थियो ।
बिदेशी दुताबास र बरिष्ठ अधिकारीहरुको निबास रहेको सो ईलाकामा भएको सो गोलाबारीमा कोही पनि बिशिष्ठ ब्यक्तिमाथि भने क्षति नपुगेको अफगान अधिकारीहरुले जनाएका छन् । केही दिनअघि पनि सोही ईलाकामा तालेबान बिद्रोहीले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको थियो । आक्रमणकारीले सो स्थानमा दर्जन भन्दा बढि बिष्फोट गराई सयौ राउण्ड गोली प्रहार गरेका थिए ।