पक्राउ पर्दै छुट्दै सिके राउत
जेठ १२, सुनसरी । नेपालका बिरुद्ध पटक पटक सार्वजनिक अभिब्यक्ति दिँदै आएका सिके रावत फेरि पक्राउ परेका छन् ।
उनलाई आज दिउँसो इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । स्थानीय एरिना टेलिभिजनमा अन्तर्वार्ता दिन जाने क्रममा उनलाई टेलिभिजन हाताबाटै पक्राउ गरिएको हो । पक्राउ परेका राउतबारे आवश्यक छानविन भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद शर्माले जानकारी दिनुभयो ।
यसअघि पनि उनलाई प्रहरीले कैयौँपटक पक्रिदै छोड्दै गरेको थियो ।