Live Streaming

​बैशाख १२ गतेको भुकम्पले विद्युत प्राधिकरणको १० अर्ब नोक्सानी

प्रकाश आस्था, १२ जेठ, काठमाडौ । नेपाल विद्युत प्राधिकरणले बैशाख १२ गते आएको भुकम्पका कारण आफ्नो १० अर्ब ६८ करोड रकम बराबरको सम्पत्तिमा क्षति पुगेको बताएको छ । अन्नपुर्ण पोष्ट दैनिकको नियमित कार्यक्रम अन्नपुर्ण सम्वन्धमा बोल्दै नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले सो जानकारी दिनु भएको हो ।

बैशाख २९ गते आएको परकम्पले प्राधिकरणमा पुर्याएको क्षतिको बारे भने अझै पुर्ण विवरण आइनसकेको बताउनुभयो । 
कार्यक्रममा बिद्युत प्राधिकरणका महानिर्देशक मुकेशराज काफ्लेले भुकम्पका कारण धेरै सरकारी र निजी पावर हाउसहरुमा क्षति पुगेको भएता पनि नेपाल बिद्युत प्राधिकरणले जनतालाई लोडसेडिगको मारमा पर्न नदिने बताउनु भएको छ ।

उहाँले अहिले भुकम्पका कारण अहिले १०० मेगावाट विद्युत आपुर्ति मात्रै कम भएको बताउनु भयो ।  
काफ्लेले तत्कालै आत्तिनु पर्ने स्थिती नभए पनि वर्खापछिको स्थितीमा बाढी पहिरो आउन सक्ने भएकाले त्यसले जलबिद्युत क्षेत्रमा पुर्याउन सक्ने क्षतिको भने अनुमान गर्न कठिन भएको बताउनु भयो ।

कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादक संस्था इपानका अध्यक्ष खड्ग बहादुर बिष्टले भुकम्पका कारण कतिपय आयोजनाहरुमा क्षति पुगेकाले नयाँ निर्माण हुन लागेका विद्युत कम्पनीहरुको पुननिमार्णमा १ देखी डेढ वर्षसम्म ढिलाई हुने बताउनुभयो ।