Live Streaming

खोई बैंसरी ? पहिरोले पु¥यो !


गोपाल छन्त्याल,म्याग्दी । कालीगण्डकी किनारमा एकै लहरमा बसेको त्यो बस्ती । आधा दर्जन गाउँका व्यापारिक केन्द्र । स्थानीय केराका लागि प्रसिद्ध बजार । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत पर्ने बैंसरी अब यसरी केवल सम्झनामा मात्रै सीमित बनेको छ ।

आईतबार बिहान एक बजे राम्चे–९ फेदीको पहाडबाट खसेको पहिरोले यो बस्तीलाई पुरै मरुभुमिकरण बनाईदिएको छ । २७ घर कहाँ–कहाँ थिए भनेर पहिचान गर्न सक्ने अवस्था छैन । ठुल्ठुला चट्टानरुपी ढुंगा र कमेरो माटोले यहाँको इतिहास र पहिचानलाई नामेट बनाएको छ । 
ट्याक्सी, जीप, बस, यात्रु र तीर्थयात्रीहरुले सधै व्यस्त रहने बैंसरी अहिले सुनसान बनेको छ । स्थानीय विस्थापित बनेका छन्, ट्याक्सीहरु आउन छाडेको छ । पहाडको टुप्पोबाट अझै निरन्तर सानो–ठुलो पहिरो खसिरहेको छ । 

करिब एकसय मिटर गहिरो र सातसय मिटर लामो ताल बनेको छ । ‘ताल त विस्तारै फुटेर जाला, बाटो पनि बन्ला, तर हाम्रो त्यो बैसरी कहिल्यै बन्ने छैन, पहिरो पीडित भिमबहादुर कार्की भन्छन्, ‘हामी कसैको ज्यान गएन्, तैपनि त्यो बस्ती माथि पहिरो थुप्रेको हेर्दा आँखाबाट आशु आउंछ ।’ त्यही बस्तीमा उनले ११ बर्ष व्यापार गरि बिताए । ६ जना छोराछोरीको लालनपालन र पठनपाठनको जोहो त्यसैबाट गरिरहेका थिए । ‘तर अब घर र बस्तीसंगै मेरो मनपनि पुरिएको छ, के गर्ने ? कसो गर्ने ? कुनै मेसो मिलेको छैन्, पीडित कार्की भन्छन् ।

भगवति–२ र राम्चे–९ पर्ने बैसंरीमा २०३५ सालबाट बस्ती विकास भएको पाईएको छ । बेनी–जोमसोम सडक नखुल्दै बैसंरीमा हिस्तान, राम्चे, काफलडाँडा, भगवति, रिसीनचौतारी, बेगखोला, तिब्ल्याङ लगायतका गाउँबाट किनमेलका लागि सर्वसाधारणको घुईचो हुन्थ्यो । सिजनको बेलामा मुक्तिनाथ दर्शनका लागि जाने तीर्थयात्रीहरुले यहि बस्तीमा बास बस्थें । 

वैसरीको हिस्तान तर्फबाट एउटा ठाडो खोला छ, जसलाई स्थानीयले बैंसरी खोला नामाकरण गरेका थिए । त्यहि खोलाको नामबाट बस्तीको नामाकरण गरिएको हो । स्थानीय भविन्द्र केसीले पहिरोले करोडौँ धनमालको क्षति गरेको बताए । उनका अनुसार, कोहीले पनि आफ्नो घरभित्रको लत्ताकपडा र भाडाकुडा झिक्न पाएनन् । गत शुक्रबार बिहानदेखि खसेको पहिरोका कारण २७ परिवार नै उच्च स्थानमा त्रिपाल टाँगेर बस्दै आएका थिए । स

मयमै सर्तकता अपनाईएका कारण मानवीय क्षति हुन नपाएको हो । ‘बैंसरीलाई फेरि पहिलाकै अवस्थामा ल्याउन त संभव छैन् तर अब हाम्रो ज्यान बचेको छ, केहि गर्न सकिन्छ भन्ने लागेको छ, उनले थपे । 

भगवतिका १६ र राम्चेका ११ परिवार अहिले पनि सुरक्षित स्थानको खोजीमा छन् । उनीहरु बस्तीमाथि रहेको धौलागिरि प्राविमा आश्रय लिएर बसेका छन् । ‘विभिन्न सामाजिक संघसंस्थाले दिएको राहत खाएर बसेका छौँ, हामीलाई विजुली, बाटो र पानी सहितको सिंगो बस्ती चाहेको छ ।’ अर्का पीडित कृष्ण पुन पाईजाले जीवनभर कमाएको धनसम्पति र जग्गा पुरिएकाले सुकुम्बासी बनेको बताए । ‘अब हामीलाई सुकुम्बासी परिचयपत्र मिलाईदिनुप¥यो, उनले भने ।