मुरे र सारापोभा दोस्रो चरणमा
जेठ १२, एजेन्सी ।
बेलायती एण्डी मुरे र रसियन मारिया सारापोभाले, फ्रेन्च ओपन टेनिस प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
गएराती भएको खेलमा तेस्रो वरियाताका मुरेले अजेन्टिनाका फसुन्दा अग्युलोलाई ६–३, ६–३ र ६–१ को सोझो सेटमा पराजित गरे । अर्को खेलमा चौथो बरियाताका चेक रिपब्लिकका थोमस बर्डिचले जापानका योसिहोतो निसिओकालाई ६–०, ७–५ र ६–३ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए । पुरुष तर्फकै अन्य खेलमा फ्रान्सका गिलेस सिमोन र गेल मोन्फिल्स र बेल्जियमका डेभिड गोफिन पनि आ–आफ्नो खेल जित्दै अघिल्लो चरण प्रवेश गरेका छन् ।
महिला एकल तर्फ दोस्रो बरियाताकी सारोपोभाले ईष्टोनियाकी केईया कानेपीलाई ६–२ र ६–४ ले पराजित गरिन् । १५ औं बरियाताकी अमेरिकी भेनस विलिएम्स भने आप्mनै देशकी स्लोएना स्टेफनसँग ७–६ र ६–१ ले पराजित भईन् । महिला एकल तर्फकै अन्य खेलमा स्पेनकी कार्ला स्वराज नाभारो, जर्मनी एन्गेलिक कारबर, बेलारुसकी भिक्टोरिया अजरेन्का, फ्रान्सकी एलिज कोर्नेट र भर्जिनी राज्जानो पनि आ–आफ्नो खेल जित्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।