Live Streaming

नेपाल पुर्ननिर्माणमा राष्ट्रसंघको गंभिर चासो \ सहयोग अपुग भएको भनाई

प्रकाश पाठक, काठमाडौं ।
नेपालमा बिनाशकारी भुकम्पमा भएको क्षतिको पुर्ननिर्माणका लागि बिश्ब समुदायबाट एक चौथाई मात्र सहयोग जुटेको राष्ट्रसंघले जनाएको छ । नेपालको पुर्ननिर्माण र पुर्नस्थापनाका लागि अझै बिश्ब समुदायको सहयोग आबश्यक रहेको राष्ट्रसंघको ठहर छ । उसले बर्तमान अबस्थाले नेपालको पुर्ननिर्माण र पुर्नस्थापनामा आपतकालिन कार्यहरुलाई समेत असर पर्ने भन्दै चिन्ता ब्यक्त गरेको छ । बर्षायाम सुरु हुन एक साता मात्र बाँकी रहदा आबास तथा खाद्यान्नको ब्यबस्था गर्न चुनौती थपिएको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका नेपाल प्रतिनिधि जेमि मकगोल्ड्रिकले नेपालको संबेदनशील अबस्थालाई ध्यानमा राखेर सहयोगलाई तिब्रता दिन अन्तराष्ट्रिय समुदायमा आब्हान गर्नुभयो । भुकम्प प्रभाबित संरचनाहरुको पुर्ननिर्माणका लागि  ४२ अर्ब रुपैया सहयोग आब्हान गरेको राष्ट्रसंघले हाल ९ अर्ब २० करोड मात्र संकलन भएको जनाएको छ ।