Live Streaming

पुर्ननिर्माण र पुनस्थापनामा दलहरु एक जुट छन् : कँग्रेस महामन्त्री सिटौला

काठमाडौं, १२ जेठ ।

नेपाली कँग्रेसका महामन्त्री कृष्ण सिटौलाले भुकम्प पछिको पुननिर्माण तथा पुनःस्थापनाका लागि सबै राजनीतिक दल, सघसंस्था, नागरिक समाजले सरकारलाई सहयोग गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । रेडियो अन्नपुर्ण नेपालको नियमित विहानी कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै उहाँले भूकम्प पीडितको राहत तथा पुनःस्थापना निम्ति आफुहरु राजनीतिक गतिविधि छाडेर स्वयंसेवी अभियानमा खटिएको बताउनुभयो ।

दूरदराजसम्म राहत नपुगेको गुनासो आईरहेका समय सरकारी संयन्त्र तदारुकताका साथ परिचालन हुनुपर्नेमा जोड दिदै महामन्त्री सिटौलाले जेठ मसान्त भित्र पुनस्थापनाको काम नसके अर्को भयावहस्थिति उत्पन्न हुन सक्ने बताउनुभयो । जनतालाई सेवा दिन र राहत उपलब्ध गराउन राजनीतिक दलहरुबीच प्रतिष्पर्धा हुनु सकारात्मक कदम भएको बताउँदै उहाँले तत्काल अस्थायि आवास, स्वास्थ्य सेवा र खाद्य सामग्रीको राम्रो प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने भन्दै उहाँले भूकम्प पीडितहरूलाई अहिले भावनात्मक सुरक्षा, राहत र सद्भावनाको खाँचो औंल्याउनुभयो ।

मनसुन सुरु हुनु अघिनै पहिरोको जोखिममा रहेका बस्तिका बासिन्दालाई तत्काल नजिकको सुरक्षित स्थानमा सार्नुपर्ने बताउँदै महामन्त्री सिटौलाले एकबर्षभित्र स्थायी आवास निर्माण गर्नेगरी सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । अस्थायि वासको लागि ठाउँ अभाव भएको असथामा भुटानी शरर्णी शिविर र पूर्व माओवादी लडाकुका सिविरलाई प्रयोगमा ल्याउन सकिने भन्नुहुँदै जनतालाई बचाउनुपर्ने अहिलेको मुख्य विषय रहेको बताउनुभयो । पुननिर्माणमा धेरै समय लगाउन नहुने भन्दै तीन बर्षभित्र सम्पूर्ण क्षतिग्रस्त संरचना निर्माण गर्न सरकारलाई सुझाव दिएको उहाँले बताउनुभयो ।

पुरा कार्यक्रम यहा क्लिक गरेपछि सुन्न सकिन्छ ...

http://radioannapurnanepal.com/program-archive/87/Annapurna-Frontline/