Live Streaming

विनाशकारी भूकम्प गएको एक महिना पूरा

काठमाठौं, १२ जेठ ।
गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर विनाशकारी भूकम्प गएको एक महिना पूरा भएको छ । वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा ७ दशम्लव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता लगातार पराकम्पन महसुस भइरहेको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार गएराती १० बजेर १६ मिनट जाँंदा दोलखा केन्द्र बिन्दु भएको ४ दशमलव ४ म्याग्निच्युडको पराकम्पन गएको थियो ।

यसैबीच भूकम्पमा परी ज्यान गुमाउनेको संख्या हालसम्म ८ हजार ६ सय ६३ पुगेको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार २१ हजार ९ सय ५४ जना घाइते भएका छन् । यसैगरी १ सय ९८ नेपाली नागरिक र ८० विदेशी नागरिक बेपत्ता छन् । पूर्ण र आशिंक गरी झण्डै आठ लाख घर ध्वस्त भएका छन् ।