शिक्षक सेवा आयोगद्वारा परिक्षाको मिति निर्धारण
काठमाडौं, १२ जेठ ।
शिक्षक सेवा आयोगले स्थगित माध्यमिक र निम्न माध्यामिक तहमा स्थायीका लागि शिक्षक परिक्षाको नयाँ मिति तोकेको छ । असार ११ र १२ गतेका लागि तय भएको परिक्षा भूकम्पको कारण स्थगित भएको थियो । परिक्षार्थीको पढ्ने मनस्थिति नभएको जनाउँदै आयोगले माध्यामिक तहको परिक्षा असार २५ गते र निम्न माध्यामिकको परिक्षा असार २६ गतेका लागि तय भएको जनाएको छ ।
आयोगले असार १३ गते हुने भनिएको माविको अध्यापन अनुमतिपत्रको परीक्षासमेत असार २८ गतेलाई सारेको जनाएको छ ।