Live Streaming

गर्मीका कारण मृत्यु हुने ५ सय पुगे

जेठ १२, एजेन्सी ।  
भारतका विभिन्न सहरमा तातोहावा लुका  कारण अहिलेसम्म कम्तीमा ५ सय जनाको मृत्यु भएको छ । भारको तेलंगना, आन्ध्र प्रदेश र उत्तर प्रदेशको इलाहाबादमा अत्याधिक गर्मी र लु चलेपछि जनजीवन असामान्य बनेको हो । ती क्षेत्रमा ४८ डिग्रि सेल्सियससम्म तापक्रम पुगेको छ ।

सबैभन्दा बढी तेलंगना र आन्ध्र प्रदेशमा असर परेको बताइएको छ । सो क्षेत्रमा शनिबारदेखि अहिलेसम्म तेलंगना र आन्ध्र प्रदेशमा मात्रै २ सय भन्दा बढीको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा बृद्धवृद्धा बढी छन् । उत्तर प्रदेशको इलाहाबादमा तापमान ४८ डिग्री छ भने राजधानी दिल्लीमा ४४ डिग्री सेल्सियस सम्म पुगेको छ । उता पश्चिम बंगालको पूर्वी क्षेत्रमा अत्याधिक गर्मीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनहरुमा तेलङ्गना र आन्ध्रमा तापक्रम अनायास बढ्न थालेको बताइएको छ । यसका कारण सर्वसाधारणमा निकै ठूलो असर पर्ने भन्दै बिजुली आपूर्तिमा कुनै कठिनाइ उत्पन्न नगर्न सरकारलाई आग्रह गरिएको छ ।