Live Streaming

​महानगरका कार्यकारी अधिकृत पूर्णभक्त पदमुक्त

काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत पूर्णभक्त तण्डुकारलाई बर्खास्त गरिएको छ ।  भुकम्पपछिको उद्धार र राहतमा गैरजिम्मेवार देखिएको भन्दै तन्डुकारलाई पदबाट मुक्त गरिएको स्थानीय बिकास तथा संघिय मामिलामन्त्रालय स्रोतले जानकारी दियो । उहाँलाई अहिले अतिरिक्त समूहमा राखिएको छ ।

भुकम्पछि उहाँको भूमिका अत्यन्तै गैरजिम्मेवार देखिएको भनेर पटक पटक गुनासो आएको र कार्यशैली सुर्धान धेरैपटक चेतावनी दिए पनि नसुध्रिएपछि हटाउनुपरेको स्रोतको भनाइ छ । महानगरको कार्यकारी अधिकृत नियुक्त गर्ने र हटाउने अधिकार मन्त्रीपरिषद्सँगमात्रै हुने भएकाले मन्त्रीपरिषद्कै निर्णयमा उहाँलाई पदमुक्त गरिएको हो ।

उहाँको ठाउँमा कसलाई पठाउनेबारेमा अहिलेसम्म निर्णय भइनसकेको र अहिले केहीबेरमा सुरु हुने मन्त्रीपरिषद् बैठकले निर्णय गर्न सक्ने स्रोतले बतायो ।