अन्नपूर्ण राहत अभियान अन्तर्गत १४ सय विद्यार्थीलाई शैक्षिक सामाग्री
काठमाडौं, ११ जेठ । रेडियो अन्नपूर्ण नेपाल र अन्नपूर्ण पोष्ट दैनिकले भुकम्प पिडित विद्यार्थिका लागि सुरु गरेको एक विद्यार्थी एक शैक्षिक सामाग्री अभियानअन्र्तगत सुनसरीको इटहरीबाट एक हजार ४ सय विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
आज इटहरीको पिस जोन आवासिय उच्च मावि र नेपाल शैक्षिकबजार व्यवस्थापन संघ (इमान) ले एक कार्यक्रमको आयोजना गरी उक्त शैक्षिक सामाग्री अन्नपूर्ण मिडिया नेटवर्कलाई हस्तान्तरण गरेको हो ।
बैशाख १२ गतेको विनासकारी भुकम्पका कारण देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका घर भत्किदा हजारौ वालवालिकाको पढाइ प्रभावित भएकोले २ लाख ३१ हजार रुपैया बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको पिस जोन आवासिय उमाविका प्रिन्सिपल जगदिश ओलीले बताउनुभयो ।
पिसजोन र इमानले खरिद गरेको एक हजार ४ सय विद्यार्थीका लागि तयार पारिएको शैक्षिक सामाग्री सुनसरीका जिल्ला शिक्षा अधिकारी रुद्र दुलालले अन्नपूर्णका सुनसरी समाचारदाता रत्नप्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभयो ।
यस्तै, काठमाण्डौमा रोटरी क्लब अफ गोर्खाजले र नेपाल कागजले १०/१० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् ।