Live Streaming

सुरक्षित स्थानमा सार्न एमाले अध्यक्ष ओलीले पहल गर्ने

दोलखा, ११ जेठ ।
एमाले अध्यक्ष केपी ओलीले भुकम्पपछि पहिरोको उच्चजोखिममा रहेका बस्तीका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्ने बताउनुभएको छ । भुकम्प प्रभावित जिल्ला दोलखाको निरिक्षणका लागि चरिकोट पुगेका अध्यक्ष ओलीले पहिरोका जोखिममा रहेका पीडितहरुलाई तत्कालका लागि भुटानी शरणार्थी शिविर र पूर्व माओवादी लडाकुका शिविरमा सार्न सकिने पनि बताउनुभयो । स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधारका हिसावले पनि व्यवस्थापन गर्न सहज हुने भएकाले ति शिविरमा भुकम्प पीडितलाई राख्न सकिने बताउनुभएको हो ।

दोलखाको विभिन्न प्रभावित क्षेत्रको अवलोकन गर्नुभएका ओलीले कतिपय भुकम्प पीडितहरु अझैपनि खुल्ला आकाशमुनि रहेकाले तुरुन्त छानोको व्यवस्था गर्न पनि आफुले पहल गर्ने बताउनुभयो । यसैगरी व्यवसाय, रोजगारी तथा अध्ययनको सिलसिलामा राजधानी लगायत विभिन्न शहरमा डेरा गरी बस्नेहरुको पनि भुकम्पले क्षति पु¥याएको भन्दै उनिहरुको बैकल्पिक व्यवस्था गर्न ओलीले सरकारसँग आग्रह गर्नुभयो ।