बारलाई दोष दिदै सर्वोच्चका पूर्वन्यायाधीश उप्रेतीद्वारा आत्महत्या
काठमाडौं, ११ जेठ ।
पूर्वन्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गरेका छन् । गएराती ज्ञानेश्वर रातोपुलस्थित आफ्नै निवासमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । सर्वोच्च अदालतका पूर्वअस्थायी न्यायाधीश रहेका उप्रेतीले सुसाइट नोट लेखेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग कमलपोखरीका प्रहरी निरीक्षक नारायण रञ्जितकारका अनुसार बिहान ५ बजे घटनाबारे जानकारी आएपछि प्रहरी उनको घरमा पुगेको थियो ।
उनको घरको माथिल्लो तलाको टीभी कोठामा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए । उनले सुसाइड नोटमा आफूले आत्महत्या गर्नुको दोष नेपाल बारलाई दिएका छन । नेपाल बारले अवकाश प्राप्त न्यायाशीशहरुले सर्वोच्चमा कुनै पनि किसिमको अभ्यास गर्न नपाउने निर्णय गरेपछि न्यायाधीश उप्रेतीले असन्तुष्टि जनाउँदै आएका थिए । बारको सोही निर्णयबाट आफूमर्माहत भएको भन्दै आत्महत्या गरेको उनको सुसाइट नोटमा उल्लेख छ ।