पराकम्प रोकिएन
काठमाडौं, ११ जेठ ।
बैशाख १२ गते गएको बिनाशकारी भूकम्पपछि लगातार रुपमा भूकम्पको पराकम्प गइरहेका छन् । आज बिहान ३ बजेर २३ मिनेट जाँदा गोरखा जिल्लालाई केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का काठमाडौं, धादिङ्ग, ललितपुर, नुवाकोट र रसुवासम्म महसुस गरिएको थियो ।
यसअघि हिजो मात्र ४ म्याग्निच्युड माथीका ५ ओटा पराकम्प मापन भएको छ । जसमध्ये ४ ओटा पराकम्पको केन्द्रविन्दु दोलखा र एउटाको सिन्धुपाल्चोक थियो ।
यद्यपी भूकम्पविद्हरुले भने ठूलो भूकम्प गएको केही महिनासम्म भूकम्पका सानातिना झड्काको महशुस भै रहन सक्ने भन्दै सर्तक बन्न तर आतंकित नहुन आग्रह गरेका छन् ।