ईराकी सेनामा ईच्छा शक्ति नै छैन : अमेरिकी रक्षा मन्त्री कार्टर
जेठ ११, एजेन्सी ।
अमेरिकी रक्षा मन्त्री एष्टन कार्टरले ईराकी सेनामा आईएस बिरुद्ध लड्न ईच्छाशक्ती नभएकै कारण रमादी शहर उनीहरुले कब्जामा लिएको आरोप लगाउनुभएको छ । सरकारी सेनाको संख्या अत्याधिक हुदाहुदै पनि आईएस बिद्रोहिले रमादी शहर कब्जामा दिनु चिन्तापूर्ण बिषय भएको कार्टरको भनाई थियो ।
आतंकबाद बिरुद्ध लड्न अमेरिकाले ईराकी सेनालाई प्रशिक्षण र हतियार उपलब्ध गराएपनि त्यसको उपयोग गर्न ईराकी सेना चुकेको उहाको आरोप थियो । अन्तराष्ट्रिय संचार माध्यम सीएनएनसंगको सात्क्षात्कारमा रक्षामन्त्री कार्टरले आतंकबाद बिरुद्ध ईराकी सेना पछि हट्न नहुने बताउनुभयो ।
यसैबीच ईराकी सुरक्षा समितिले भने रक्षा मन्त्री कार्टरको अभिब्यक्ति निराधार भएको भन्दै खण्डन गरेको छ । ईराक सरकार ईस्लामिक स्टेट आईएस बिरुद्ध लड्न सयौ शिया लडाकु सहित अघि बढेको बताउदै समितिले आतंकबाद बिरुद्ध लड्न ईराकी सेनाले कुनै कसर बाँकी नराख्ने दाबी गरेको छ ।