चेन्नईलाई हराउदै मुम्बईले आईपिएलको उपाधि जित्यो
जेठ ११, एजेन्सी ।
चेन्नई सुपर किङगसलाई हराउदै मुम्बई ईण्डीयन्सले आठौ संस्करणको ईण्डियन प्रिमियर लिग क्रिकेट आईपिएलको उपाधि जितेको छ । लिग चरणमा सुरुवाती चार खेल गुमाएको मुम्बईले त्यसपछिका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै तालिकाको दोस्रो स्थानमा रहेर अन्तिम ४ मा स्थान बनाएको थियो ।
गएराती भएको फाईनल प्रतिस्पर्धामा चेन्नईलाई ४१ रनले पराजित गर्दै आईपिएल क्रिकेटको उपाधि जितेको हो । कोलकत्ताको ईडेन गार्डेन क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित ओभरमा ५ विकेट मुानएर २ सय २ रनको बिशाल योगफल तयार पारेको थियो । ओपनर पार्थिब पटिललाई शुन्यमै गुमाएको मुम्बईका लागि दोश्रो विकेटको रुपमा कप्तान रोहित शर्मा र लेण्डल सिमोन्सले १ सय १९ रनको साझेदारी गरेका थिए । शर्माले ५० र सिमोन्सले ६८ रन बनाए । त्यस्तै किरन पोलार्डले ३६ र अम्बाती राईडुले नटआउट ३६ रनको योगदान गरे । चेन्नईका ड्वेन ब्राभ्रोले २ तथा मोहित शर्मा र ड्वेन स्मिथले एक एक विकेट लिए ।
२ सय ३ रनको बिशाल चुनौती पछ्याएको चेन्नईले निर्धारित ओभरमा ८ विकेट गुमाई१ सय ६१ रनमात्र जोड्न सक्यो । चेन्नईका लागि ड्वेन स्मिथले ५७ रनको पारी खेले पनि टिमको हार भने टार्न सकेनन् । त्यस्तै सुरेश रैनाले २८, कप्तान महेन्द्र सिंह धोनीले १८, रबिन्द्र जडेडाले ११ र मोहित शर्माले २१ रन बनाएका थिए ।
मुम्बईका कप्तान शर्मा म्यान अफ द म्याच भए ।