Live Streaming

​पुरानै बाटोमा बग्न थाल्यो कालिगण्डकी

जेठ १०, काठमाण्डौ । म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले मध्यरातीबाट थुनिएको कालिगण्डकी पुरानै बाटोमा बग्न थालेको छ ।

साढे १६ घण्टादेखि झरेको पहिरोले थुनिएको कालिगण्डकी ओभरफ्लो भएर बग्न थालेको छ । रोकिएको कालिगण्डकी एकैचोटी बग्न थालेपछि बहाब केही बढि भए पनि नदी वरीपरीका बस्तीहरुमा क्षति भने पुगेको छैन ।