Live Streaming

पराकम्प जाने क्रम जारी

काठमाडौं, १० जेठ ।
बैशाख १२ र २९ गतेको बिनाशकारी भुकम्प पछि पराकम्प जान अहिलेसम्म रोकिएको छैन । भुकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार आज मात्रै २ बटा पराकम्प मापन भएका छन् ।

बिहान ७ बजेर ६ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलब २ म्याग्निच्युटको पराकम्प गयो भने १० बजेर ३८ मिनेटमा दोलखानै केन्द्रबिन्दु भएर ४ दशमलब ४ म्याग्निच्युटको अर्को पराकम्पन गएको केन्द्रले जनाएको छ । यसअघि हिजो पनि दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर २ बटा पराकम्पन मापन भएको केन्द्रले जनाएको छ ।