Live Streaming

रमादी शहरलाई आईएसबाट मुक्त गराउने प्रयास सुरु

जेठ १०, एजेन्सी ।
आईएस बिद्रोहिले आफ्नो नियन्त्रणमा लिएको ईराकको रमादी शहर उनीहरुको कब्जाबाट मुक्त गराउन सरकारी सेना र सिया लडाकुले प्रयास थालेका छन् । उनीहरुले बिद्रोही नियन्त्रित रमादी शहरलाई मुक्त गराउन आईएस बिद्रोहि बिरुद्ध कारबाहि सुरु गरेका हुन्  । 

गत आईतबार आफ्नो नियन्त्रणमा लिएको रमादि शहरलाई कब्जामा लिएसँगै शिया लडाकुमाथि पनि आईएसले आक्रमण गर्न सुरु गरेपछि सिया लडाकु र सरकारि सेनाले आईएस बिरुद्ध आक्रमण सुरु गरेका हुन् । आफ्नो नियन्त्रणमा लिने क्रममा रमादि शहरमा बिद्रोहि र सरकारि सेना बिचको संर्घषका क्रममा ५ सय भन्दा बढिको मृत्यु भैसकेको छ भने ४० हजार भन्दा बढि जनता शहर छोडेर अन्यन्त्रै पलायन भएका छन् ।