एक महिना पछि शेयर बजार खुल्दै
काठमाडौं, १० जेठ ।
गत बैसाख १२ गतेको बिनासकारि भुकम्प पछि बन्द भएको शेयर बजार आजबाट सुचारु हुनेभएको छ । बैक तथा बित्तिय संस्थाहरुको बर्चश्ब रहेको नेपाली शेयर बजार नेपालको ईतिहासमै पहिलो पटक १ महिना बन्द भएको थियो ।
राजनीतिक उतार चढाबले पटक पटक प्रभाबित हुदै आएको शेयर बजार प्राकृतिक बिपद्को पनि सिकार भएपछि देशकै अर्थतन्त्रमा यसले नकारात्मक असर पार्ने बिश्लेषकहरुको आंकलन छ । यद्यपी बित्तिय र पर्यटन उद्योगमा भुकम्पले असर गरेकाले होटल समुहको शेयरमा सुरुबात देखिनै केहि चाप देखिने अर्थबिद्हरुले अनुमान गरेका छन् ।