Live Streaming

एमालेको एक महिने अभियान सुरु हुदै

काठमाडौं, १० जेठ ।
भुकम्प प्रभावित क्षेत्रमा पुर्ननिर्माण र राहतका लागि नेकपा एमालेले आजबाट बिभिन्न प्रभाबित क्षेत्रहरुमा स्वयंसेवक दस्ता खटाउदैछ । १ महिना सम्मका लागि खटिने स्वयंसेबक दस्ताले भुकम्प प्रभाबित क्षेत्रमा पुर्नस्थापना र पुर्ननिर्माणको कार्य सञ्चालन गर्नेछन् । एमालेले आज बिशेष कार्यक्रम गरी प्रभावित जिल्लाहरुका लागि खटिने कार्यकर्ताको बिदाई गर्ने प्रचार बिभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका सहित बढी प्रभावित बिभिन्न ९ जिल्लामा खटिने स्वयंसेवकहरुलाई अध्यक्ष केपी ओलीले राजधानीको भृकुटीमण्डपमा बिहान साढे १० बजे एक कार्यक्रम गरी बिदाई गर्दैहुनुहुन्छ । यस्तै पोखरा, सिराहाको लाहान, मकवानपुरको हेटौडा र सिन्धुलीमा समेत एक कार्यक्रम गरी एमालेले नजिकका जिल्लाहरुका लागि खटिने कार्यकर्ताहरुको बिदाई गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो । उनीहरु गोरखा, लमजुङ्ग, सोलुखुम्बु, ओखलढुङ्गा, मकवानपुर, चितवन र सिन्धुलीका लागि परिचालन हुनेछन् । बिदाई कार्यक्रममा सहभागी हुन सचिव प्रदीप ज्ञवाली सहितका नेताहरु सम्बन्धित स्थानहरुमा पुगिसेकेको एमालेले जनाएको छ ।  

भुकम्पका कारण समस्यामा परेका सर्बसाधारणहरुलाई बर्षायाम अघि आबासको ब्यबस्था गरि उनीहरुको दैनिकिमा सहजता ल्याउन सत्तासाझेदार एमालेले स्वयंसेबक दस्ता परिचालन गर्ने निर्णय गरेको थियो । प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काममा परिचालन गर्न लागेको स्वयंसेवकहरुका लागि नेकपा एमालेले गत बिहीबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । स्वयंवेकसँगै पार्टीका केन्द्रीय नेताहरुलाई पनि अनुगमनका लागि जिम्मेवारी तोकिएको छ । यसअघि कांगे्रस र एमाओबादिले पनि भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि टोली खटाईसकेका छन् । कग्रेसले ‘हाम्रो श्रमदान अभियान’ अन्र्तगत पुर्नस्थापना र पुर्ननिर्माण कार्य अघि बढाईरहेका छन भने एमाओबादिले शीर्ष नेताहरुको नेतृत्वमा विभिन्न जिल्लास्तरका नेता÷कार्यकर्तालाई प्रभावित क्षेत्रमा खटाएको छ ।