बिशेष समितिले प्रतिवेदनमाथि छलफल गर्दै
काठमाडौं, १० जेठ ।
राष्ट्रिय बिपद् ब्यवस्थापन, अनुगमन तथा निर्देशन बिशेष समितिको बैठक आज पनि बस्दैछ । सभामुख सुवास नेम्बाङ्ग सभापति रहेको समितिको बैठक अपरान्ह १ बजेपछि सिंहदरवारमा बस्नेछ ।
५ दिनको समयसीमा पाएका बिभिन्न उपसमितिले भुकम्प प्रभावित क्षेत्रहरुको स्थलगत अवलोकन पछि आ–आफ्नो प्रतिवेदन समिति बैठकमा प्रस्तुत गरेपछि आजबाट छलफल सुरु हुने संसद सचिवालयका सहप्रवक्ता सुर्दशन कुईकेलले जानकारी दिनुभयो । प्रतिवेदनमाथिको छलफलपछि बिशेष समितिले राहत, पुर्ननिर्माण तथा पुनस्र्थापनाका लागि सरकारलाई आवश्यक निर्देशन दिनेछ ।
यसअघि प्रतिवेदन बुझाउदै सांसदहरुले प्रभावित अधिकांश क्षेत्रमा राहत नपुगेको, बितरणका लागि लगेका अधिकांश खाध्यान्न गुणस्तरहीन भएको, राहत रकम अपुग भएको जानकारी समितिलाई गराएका थिए । राजनीतिक दलहरु प्रति जनताको बितृष्णा तिब्र बनेकाले एकजुट भएर अगाडि बड्नु पर्ने उनीहरुको सुझाव थियो ।
संसदले भुकम्प पीडितहरुका लागि राहत, पुर्नस्थापना, पुर्ननिर्माण लगायत बिषय समेटेको साझा संकल्प प्रस्ताव पारित गर्दै तत्काल आवश्यक कदम चाल्न सरकारलाई निर्देशन दिएको थियो ।