Live Streaming

पहिरोले कालिगण्डकी पुरै थुनियो, दर्जनबढी बस्ती उच्च जोखिममा

गोपाल छन्त्याल, म्याग्दी ।
म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले कालिगण्डकी नदी मध्यरातीदेखि थुनिएको छ । राम्चे–९ काफलडाँडाँ नजीकैको चट्टानी पहाड खसेर गएको सुख्खा पहिरोले भिषण रुप लिँदा भगवती –२ स्थित बँैसेरीमा कालिगण्डकी नदी थुनिएको हो । राती एक बजे ठुलो चट्टानी पहाडको ढिस्को खसेर कालिगण्डकी पूर्ण रुपमा थुनिएको प्रहरी नायब उपरिक्षक हिरा गिरीले जानकारी दिनुभयो । 

रातको समयमा निरन्तर रुपमा पहिरो खसिरहेकाले छ । वैसरीमा ठुलो ताल बनेको छ । बैसरी र फेदीका २६ घर पुरै पुरिएकोब छ । त्यहाँका सर्वसाधारण यसअघि नै सुरक्षित स्थानमा गएकाले कुनै मावनीय क्षति भएको छैन । ‘कालीगण्डकी नदी ९० प्रतिशत थुनिएको छ, सुरक्षित स्थानमा रहन हामीले सबैलाई आग्रह गरेका छौँ, प्रनाउ गिरिले भन्नुभयो ।  

मध्यरातीदेखि कालिगण्डकी थुनिएपछि बाँध फुटेर बाढी आउन सक्ने खतरा बढेपछि बेनीबजार, गलेश्वरबजार, पर्वतको बगरफाँट, पर्वत बेनी लगायतका स्थानमा सर्वसाधारणले रातिदेखि नै बजार छाडेका छन् । प्रहरीले माइकिङ गर्दै बजार छाडेर उपल्लो भेगमा गएर बस्न बेनीबजारमा आह्वान गर्दै सर्वसाधारणलाई सचेत गराएको छ । अहिले बेनीबजारका सर्वसाधारण बस्ती छाडेर अर्थुङ्गे आसपासको क्षेत्रमा पुगेर बसेका छन् ।

कालिगण्डकी थुनिएपछि बैसरी माथिका बेगखोला, तिप्ल्याङ, महभिर, भिरकाटे, पोखरेबगर, भुरुङतातोपानी, दाना लगायतका स्थानमा डुवानको खतरा रहको छ भने घुमाउनेताल, गलेश्वर, बेनी लगायत पर्वत, बाग्लुङ र स्याङ्जाको कालिगण्डकी टटिय क्षेत्रका बस्तीमा जोखीम बढेको छ । शुक्रवार राति पहिरो खसेपछि भगवती–२ बँैसेरी र राम्चे ९ फेदीका बस्तीलाई सुरक्षित स्थानमा सारिएको थियो ।

बस्ती सारेको कारण भिषण पहिरो खसेको स्थानमा मानविय क्षति हुन नपाएको स्थानिय राम केसीले जानकारी दिनुभयो । राती ठुलो आवाज आउने गरी पहिरो खसेर कालिगण्डकी नदी थुनिएपछि त्यसवरपरका सर्वसाधारणमा भागदौड मच्छिएको केसीले जानकारी दिनुभयो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक विमल उपाध्यायको नेतृत्वमा प्रहरी र नेपाली सेनाको टोली पुगीसकेको छ ।