आँधीहुरीले काठमाण्डौमा एकको मृत्यु,पालमा बसेकालाई समस्या
जेठ ९, काठमाण्डौ । काठमाण्डौमा आज साँझ बर्षासँगै आँधिहुरी चल्दा जनजिवन प्रभावित भएको छ । सानोभ¥याङमा हावाहुरीले रुख भाचेर किच्दा एक महिलाको मृत्यु भएको छ । कलंकीबाट बालाजुतर्फ आउदै गरेको बा ३४ प ११०६ नम्बरको मोटरसाइकलमा सवार बुढानिलकण्ठ ३ की ३२ बर्षीया लक्ष्मी सुवेदी दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक मृतकका श्रीमान गणेश दाहाल घाइते हुनुभएको छ । उहाँको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । आँधी हुरीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १ घण्टा अवरुद्ध भयो । भूकम्पपछि पालमूनि बसेका अधिकांश सर्वसाधारणलाइ आधीहुरीले बढि प्रभाव पारेको छ ।