Live Streaming

​साउदी अरबमा आत्मघाती आक्रमणमा १० जनाको मृत्यु


जेठ ८, एजेन्सी । साउदी अरबमा शिया समुदायलाई लाक्षित गरी गरीएको आत्माघाती बम आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । एक शिया मस्जिदमा नमाज पढीरहेको अबस्थामा सो आक्रमण भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसिले जनाएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार आक्रमणको समयमा करीब १ सय ५० जना मसिजदमा उपस्थित थिए र जसमा कम्तीमा ३० जनाको मृत्यु भएको भनिएपनि हालसम्म  १० जनाको मात्र मृत्यु भएको पुष्टि भएको छ ।

साउदी अरबको पूर्बी क्षेत्रमा अल्पसंख्यक शिया समुदायका थुप्रै मानिसहरु उपस्थित भएको समयमा सो आक्रमण गरीएको हो ।

साउदी अरबमा यमनका शिया विद्रोहिहरुविरुद्ध भईरहेको हवाई हमलाकाबीचमा यो आक्रमण भएको हो । आक्रमणको हालसम्म कसेले जिम्मा लिएको छैन । यसैबीच शिया अधिकारीहरुले आक्रमणको बिरोधमा प्रदर्शन समेत गरेका छन् ।