Live Streaming

​सिन्धुपाल्चोकका ९९ प्रतिशत घर बस्न अयोग्य


जेठ ८, काठमाण्डौ । सिन्धुपाल्चोकका १८ गाविसका ६० भन्दा बढी बस्ती पहिरोको उच्च जोखिममा रहेको देखिएको छ । संसदको राष्ट्रिय विपत ब्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समिति अन्तर्गतको उपसमितिले आज अध्ययन प्रतिबेदन समितिमा पेश गर्दै ती वस्तीका नागरिकलाई तत्काल स्थानान्तरण गर्न सुझाव दिएको छ ।  

भुकम्पपछि सिन्धुपाल्चोकको दैनिकी अत्यन्तै भयाबह रहेको भन्दै उपसमितिले मानवीय र भौतिक क्षतिको अबस्था समेत नाजुक रहेको निष्कर्ष निकालेको छ ।

जिल्लाका ९९ प्रतिशत घर बस्न अयोग्य रहेको निष्कर्षसहित तीन वटा केन्द्र खडा गरेर राहत र अस्थायी बसोबासको व्यवस्था चुस्त दुरुस्त पार्न पनि उपसमितिले सुझाव दिएको छ । 
समितिले भूकम्प बढी प्रभावित जिल्लाको अवलोकन गरी सुझाव दिन  चार चार जना सभासद सदस्य रहेको १४ वटा उपसमिति गठन गरेको थियो ।