Live Streaming

​टहरा बनाउने पैसा बाँड्न सुरु

 
जेठ ८, काठमाण्डौ । भुकम्पका कारण पुरै घर क्षति  पुगेका परिवारलाई  अस्थायी आवासका बनाउन सरकारले आजदेखि रकम वितरण सुरु गरेको छ । हिजो चार अर्ब रुपैयाँ निकासा गरेपछि आजदेखि सम्बन्धित जिल्लाका नगरपालिका र गाविसहरुले रकम बाड्न सुरु गरेका हुन् ।

अस्थायी आवास निमार्णका लागि साढे सात अर्ब चाहिने भएपनि पहिलो चरणमा चार अर्बमात्रै निकाशा गरिएको र बाँकी साढे ३ अर्ब केही दिनमै पठाइने गृहमन्त्रालयले जनाएको छ ।

सरकारले अस्थायी टहरा बनाउन प्रतिपरिवार तत्काल १५ हजार उपलब्ध गराउने निर्णय गरेको थियो ।

नगरपालिका र गाविसहरुले आफूहरुलाई चाहिएको रकमको विवरण मन्त्रालयमा पठाएको र सोही बमोजिम पहिलो चरणको रकम निकाशा गरिएको हो । भुकम्पका कारण देशभरका करिब ५ लाख घर बस्न नमिल्नेगरि भत्किएका छन् ।