सरकारले ६ महिनालाई पुग्ने खाद्यन्न र पेट्रोलियम पदार्थको जोहो गर्दै
जेठ ८, काठमाण्डौ । सरकारले आगामी ६ महिनालाई पुग्ने गरी खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारी गरेको छ । भुकम्प र त्यसपछि आउन सक्ने सम्भावित विपत्तिको बेला आपूर्ति ब्यवस्था सहज पार्न सरकारले भण्डारण गर्न लागेको हो ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाले भुकम्प प्रभावित क्षेत्र र सम्भावित बाढी पहिरो आउन सक्ने क्षेत्रलाई लक्षित गरेर खाद्यान्न भण्डारणको ब्यवस्था गर्ने तयारीमा रहेको बताउनुभयो ।
उहाँले पेट्रोलियम पदार्थको अभाव हुन नदिन मुख्य मुख्य स्थानमा ब्लाडर स्टोरेज ट्याङक राख्न नेपाल आयल निगमलाई निर्देशन दिईसकेको पनि जानकारी दिनुभयो ।