Live Streaming

​ सुशील सरकारको तेस्रो पर्यटनमन्त्रीः कृपाशुर शेर्पा


जेठ ८, काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा एमाले नेता कृपाशुर शेर्पालाई सिफारिस गरेको छ ।  एमालेबाटै नियुक्त दीपकचन्द्र अमात्यले राजीनामा दिएपछि भोजपुर क्षेत्र नं. १ बाट शेर्पालाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

पर्यटनमन्त्री शेर्पालाई प्रधामन्त्री सुशील कोइरालाले साँझ ५ बजे सपथ गराउने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

एमालेले ९ महिना अघि भीम आचार्यको ठाउँमा अमात्यलेलाई पर्यटनमन्त्रीका लागि सिफारिस गरेको थियो । तर अमात्यको कामबाट सन्तुष्ट हुन नसकेको भन्दै उहाँलाई फिर्ता बोलाउने निर्णय एमालेले गरेको थियो ।

यद्यपी अमात्यले भने पर्यटनमन्त्रायल अन्तर्गतका बिभिन्न बिभागहरुमा हुने नियुक्ती प्रकृयामा आएका दबाब झेल्न नसकेर राजिनामा दिएको निकटस्थहरुलाई बताउँदै आउनुभएको छ ।