Live Streaming

भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार ६ सय ३५

जेठ ८, काठमाडौं । 

बैशाख १२ र २९ गतेको बिनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार ६ सय ३५ पुगेको छ भने २१ हजार ८ सय ४६ जना घाइते भएका छन् । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १ हजार ७ सय २८, पूर्व क्षेत्रमा ५७, मध्य क्षेत्रमा ६ हजार ३ सय ९८, पश्चिम क्षेत्रमा ४ सय ५० र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन । 

यस्तै घाइते हुनेहरुमा उपत्यकामा १२ हजार ८ सय २८, पूर्व क्षेत्रमा ४ सय ५५, मध्य क्षेत्रमा ७ हजार १ सय ९३, पश्चिम क्षेत्रमा १ हजार ३ सय ३२, मध्य पश्चिम क्षेत्रमा ३६ र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । ८ हजार ५ सय ७० जनाको शव आफन्तलाई बुझाई सकिएको छ ।

घाइतेमध्ये ६ हजार १८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । साथै सो विनाशकारी भूकम्पमा परी २ सय ४० नेपाली नागरिक र १ सय ६ विदेशी नागरिक अझै बेपत्ता भएका छन् ।