Live Streaming

अनुगमनमा खटिएको टोलीले आज प्रारम्भिक प्रतिवेदन बुझाउँदै

जेठ ८, काठमाडौं ।

व्यवस्थापिका संसदले गठन गरेको राष्ट्रिय विपद् तथा व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिको वैठक आज बस्दैछ ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा भुकम्प प्रभावित जिल्लामा अहिलेसम्म गरिएको अनुगमन र त्यहाँ देखिएको अवस्थालगायत विषयमा छलफल हुनेछ । समितिले चार/चार जना सभासद् सम्मिलित टोली बनाएर जिल्ला/जिल्ला पठाएको थियो ।

१४ वटा प्रभावित जिल्लाहरुमा अनुगमन गरेका विभिन्न टोलीले आजको वैठकमा प्रारम्भीक प्रतिवेदन समेत बुझाउने छन । सभासद्हरुले जिल्लामा राजनीतिक संयन्त्र र सरकारी निकायबीच समन्वयको अभाव भएको निष्कर्ष निकालेका छन् । गैर सरकारी निकायले वितरण गरेको राहत सुगममा मात्रै केन्द्रीत भएको तथा विद्यालयका भवनहरुमा क्षति भएकाले तत्काल पढाई सुरु गर्न समस्या हुने सभासदहरुको भनाई छ ।

जिल्लामा देखिएको राहात र उद्धारको अवस्था बारे जानकारी पाएपछि त्यसै आधारमा समितिले सरकारलाई निर्देशन दिनेछ । संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले अनुगमन समितिले प्रतिवेदन तयार गर्न ढिला गरेकाले निर्धारित समयभन्दा ढिला गरि प्रतिवेदन आज बुझाउन लागेको बताउनुभयो । अनुगमनका लागि दिइएको ५ दिनको समय दिइएको थियो ।