Live Streaming

​राष्ट्रिय सरकार बारे दलहरुको चरणबद्ध छलफल

जेठ ८, काठमाडौं । 

बैशाख १२ गते गएको भूकम्पपछि पूर्ननिर्माणका लागी नेताहरुले उठाउदै आएको राष्ट्रिय सहमतिय सरकारको विषयमा मुख्य दलहरुले आज पनि विभिन्न अनौपचारीक छलफल गर्दैछन ।

भुकम्प पछिको अवस्था, पुर्ननिर्माण सँगसँगै संविधान जारी हुने वातावरण तयार गरी अन्य काम समेत गर्ने राष्ट्रिय सहमतिको सरकारको विषयमा दलका नेताहरुबीच विभिन्न चरणमा छलफल चलिरहेको कँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

नेताहरुले पार्टि भित्र र बाहिरका नेतासँग आज पनि सहमतिय सरकारको विषयमा छलफल चलाउने निर्णय यसअघि नै गरिसकेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाको बैठकले विपत्तिको सााना गर्न नयाँ सरकार गठन बारेमा छलफल अघि बढाउने बताएका थिए ।

राष्ट्रिय सहमतिको सरकारको आवश्यकता सबै दलले महसुस  गरेको र त्यही अनुसार छलफल हुने एमाले प्रमुख सचेतक अग्नि खरेलको भनाइ छ । भुकम्पको विपत्ति आए पश्चात बसेको संसदको बिषेश अघिवेशनमा नै दलहरु राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै प्रस्ताव राखेका थिए ।