Live Streaming

काम गरौं न, किन चाहियो राष्ट्रिय सरकार : पशुपति शम्शेर जबरा

जेठ ८, काठमाडौं । 

सत्ता गठबन्धन दल राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबराले तत्काल राष्ट्रिय सरकारको आवश्यकता नभएको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको नियमित विहानी कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै उहाँले अहिलेको समयमा विपत समाधान गर्नुभन्दा पनि दलहरु राजनैतिक बखेडा निकालेर समस्यामै रुमल्लिरहेको बताउनुभयो ।

बर्तमान सरकारसँग विपत सामना गर्न सक्ने पूर्ण हैसियत नभएपनि विपतको बेला सरकारको विषय उठाएर पीडितको समस्या ओझेलमा पार्न नहुने उहाँको भनाइ छ । सरकारले भुकम्प प्रभावितहरुलाई बेलैमा उचित राहत पु¥याउन नसकेको बताउँदै स्थानीय स्तरमा बढेको राजनीतिक किचलोले झन समस्या देखापरेको उहाँको भनाइ थियो । विपतको सामना तथा व्यवस्थापनका लागि विगतमा अनुभव बटुलेका व्यक्तिहरुको संयन्त्र निर्माण गरेर अघि बढ्नुपर्नेमा सरकार चुकेको उहाँको भनाइ थियो ।

अहिलेको सरकार र १९९० सालको भुकम्पका बेलामा रहेको जुद्ध शम्शेर जवरा सरकारको तुलना गर्दा राणा सरकारले राहत र पुनर्निमाणको कार्य निकै राम्रो गरेको उहाँको दावी छ ।

 सिन्धुपाल्चोकको अवलोकन गरेर फर्केर्को बताउँदै अध्यक्ष राणाले भुकम्पपछि अधिंकास बस्ति पहिरोको जोखिममा रहेको भन्दै बर्खायाम अघिनै सुरक्षित स्थानमा बस्ति सानुपर्ने बताउनुभयो । बस्ति एकातिर र खेती गर्ने जमिन अर्कोतिर हुने समस्या देखिएकाले सरकारले बेलैमा उपयुक्त निर्णय लिनुपर्नेमा उहाँको जोड थियो ।

भुकम्प पछि राजनीतिक नेताहरु तत्काल गाउँमा नपुगेको भएपनि नेपाली सेना, प्रहरी लगायत सुरक्षा संयन्त्रले गरेको काम भने निकै प्रशंसनिय रहेको अध्यक्ष राणाको भनाइ छ ।