Live Streaming

चिनियाँ टोली स्वदेश फर्किदै

जेठ ८, काठमाडौं । 

नेपाल भ्रमणमा आएको चिनियाँ सहायक विदेशमन्त्रीको टोली आज स्वदेश फर्किने भएको छ ।

नेपालको विपत्मा चीनले गर्न सक्ने सहयोग र नेपालको प्राथिकतामा विषयमा जानकारी लिएर मन्त्री लिऊ जियानचाओको टोली आज फर्किन लागेको हो । टोली हिजो नेपाल आइपुगेको थियो ।

सात सदस्यीय प्रतिनिधिमण्डलले नेपाल आए लगत्तै प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गर्दै नेपाललाई आवश्यकता पर्ने जस्तोसुकै सहयोग गर्न चीन तयार रहेको बताएको थियो । नेपालको पूर्वाधार निर्माण, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा पुनर्निर्माणमा सहयोग गर्न चीन सरकार तयार रहेको जियानचाओले बताउनुभयो ।

भारत र चीनबीच पनि त्रिपक्षीय सहयोगका विषयमा पनि छलफल भइरहेको उहाँले बताउनुभएको छ । चीनले नेपाललाई तेस्रो चरण अन्तर्गत राहत सामग्री पठाइरहेको जानकारी दिएको छ ।