पराकम्पन जाने क्रम विस्तार कम हुँदै
जेठ ८, काठमाडौं ।
विनाशकारी भुकम्प आएको एक महिना बित्नै लाग्दा पराकम्पन जाने क्रम पनि विस्तार कम हुँदै गएको छ ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार हिजो ३ बटा पराकम्पन मापन गरिएको छ । हिजो २ बजेर ११ मिनेट, २ बजेर ५६ मिनेट र ७ बजेर ३० मिनेटमा ४ म्याग्नीच्युटका धक्का महशुस गरिएको थियो । बुधबार २ बटा मात्र पराकम्पन मापन भएको थियो । त्यस अघि मंगलबार र सोमबार तीन तीन पराकम्पन गएका थिए ।
विज्ञहरुले विस्तारै पराकम्पनका संख्या र शक्ति पनि घट्दै जाने बताएका छन् ।