पाल्माईरा आईएसको कब्जामा आउनु अमेरिकाको लागि पनि चुनौती : ओबामा
जेठ ८, एजेन्सी ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले सिरियाको ऐतिहासिक शहर पाल्माईरा आईएसको कब्जामा आउनु अमेरिकाको लागि पनि चुनौती रहेको बताउनुभएको छ ।
सरकारी सेनालाई बिस्थापित गर्दै जित हासिल गरेका बिद्रोहिलाई परास्त गर्न अमेरिका पछि नहटने ओबामाको भनाई थियो । ओबामाले बिद्रोहि बिरुद्ध लड्न ईराक र सिरियालाई थप सहयोग आबश्यक रहेको समेत बताउनुभयो ।
बिद्रोहि नियन्त्रीत क्षेत्रहरुमा थप सैनिक परिचालन गर्दै उनीहरुको प्रशिक्षण शिबिरलाई पनि ध्बस्त पार्नुपर्ने अहिले मुख्य आबश्यकत्ता रहेको उहाको जोड थियो । उहाले आतंकबाद बिरुद्ध लड्न अमेरिका स्पष्ट नितिका साथ अघि बढिरहेको बताउदै यसका लागि जुनसुकै मुल्य चुकाउन आफुहरु तयार रहेको समेत बताउनुभयो ।