आइपीएलको फाईनल पुग्न चेन्नई र बैँग्लोर भिड्दै
जेठ ८, एजेन्सी ।
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाईनल पुग्ने दोस्रो टोलीको टुँगो आज लाग्ने भएको छ । फाईनल प्रवेशका लागि आज चेन्नई सुपर किँग्स र रोयल च्यालेन्जर्स बैँग्लोरबीच दोस्रो क्वालिफायर खेल हुनेछ । यी दुई टिमबीचको खेल आज राति सवाँ ८ बजे राचीमा हुनेछ ।
चेन्नई पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्स सँग पराजित भएर तथा बैँग्लोर इलिमिनेटर खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा आईपुगेका हुन् । जारी लिगको सुरुवाती खेलहरुमा चेन्नईले उत्कृष्ट प्रदर्शन गर्दै आएको भएपनि पछिल्ला खेलहरुमा भने उसले नसोचेको हार पनि ब्याहोर्नु परेको थियो ।
तर बैँग्लोरले भने पछिल्ला खेलहरुमा सशक्त खेल पस्किरहेको छ । यसअघि पहिलो क्वालिफायर खेलमा जित हासिल गर्दै मुम्बई इण्डियन्स भने आईपीएलको फाईनलमा प्रवेश गरिसकेको छ ।