पर्यटनमन्त्रीको राजिनामा
जेठ ७ , काठमाडौं । नियुक्तीको नौ महिनामै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले राजीनामा दिनुभएको छ । अमात्यले आफू निकटहरुलाई प्रधानमन्त्री सुशील कोइरालासामु राजीनामा दिइसकेको बताउनुभएको अमात्य निकट स्रोतले जनाएको छ ।
राजिनामा दिएकैले अमात्य आजको मन्त्रीपरिषद् बैठकमा पनि सहभागी हुनुभएन । अमात्यलाई सत्ता साझेदार नेकपा एमालेको सिफारिशमा गएको वर्ष भदौ २७ गते प्रधानमन्त्री सुशील कोइरालाले मन्त्री नियुक्त गर्नुभएको थियो । तत्कालीन पर्यटन मन्त्री भीम आचार्यको ठाउँमा उहाँलाई मन्त्री बनाइएको थियो ।
अमात्यले चार दिन अगाडि नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा दिने जानकारी गराइसक्नुभएको थियो । यद्यपि उहाँको राजीनामा स्वीकृत भने भइसकेको छैन ।