Live Streaming

​एक विद्यार्थी एक शैक्षिक सामग्री

जेठ ७, काठमाडौं :  अन्नपूर्ण मिडिया नेटवर्कले भूकम्प प्रभावित विद्यार्थीलाई लक्षित गरेर "एक विद्यार्थी एक शैक्षिक सामग्री' अभियान संचालन गरेको छ।नेटवर्कले यो अभियानमा सहभागी हुन सबैसँंग अनुरोध पनि गरेको छ । वैशाख १२ गतेपछि गएको भूकम्पका कारण मुलुकभरका चार लाख बालबालिकाहरुको पढाइ प्रभावित भएको विभिन्न निकायले तयार गरेको तथ्यांकले देखाएको छ । अनिश्चित र भयग्रस्त अवस्थामा रहेका बालबालिकामा भविष्यप्रति सकारात्मक सोच जगाउने उद्देश्यसहित अन्नपूर्ण मिडिया नेटवर्क यो अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछ, नेटवर्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।