Live Streaming

​ चीनीयाँ मन्त्री लिउ जेनचाओ आज नेपाल आउँदै

जेठ ७, काठमाडौं । 

भूकम्पपछिको नेपालको अवस्था तथा पुनर्निर्माण एवम् राहतको अवस्थाबारे बुझ्न चीनीयाँ परराष्ट्र सहायक मन्त्री लिउ जेनचाओ आज नेपाल आउँदैहुनुहुन्छ ।

११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहा दुईदिने भ्रमणका लागि काठमाडौं आउन लाग्नुभएको हो ।

प्रतिनिधिमण्डलमा परराष्ट, वाणिज्य, राज्य प्रशासन तथा सांस्कृतिक सम्पदा, चीन भूकम्प प्रशासन तथा राष्ट्रिय जनसंख्या एवम् परिवार नियोजन आयोगका अधिकारी रहने नेपालस्थित चिनिया दूतावासले जनाएको छ । सहायक मन्त्री लिउले अपरान्ह ४ बजे प्रधानमन्त्री सुशील कोइरालासँग भेट्ने कार्यक्रम छ ।