Live Streaming

मन्त्रिपरिषदको बैठक बस्दै

जेठ ७, काठमाडौं । 

नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दैछ ।

९ बजेपछि बालुवाटारमा बस्ने बैठकमा भूकम्प पीडित जनताका लागि सरकारी राहत, पुर्नस्थापना तथा पुर्ननिर्माणलाई प्रभावकारी र व्यवस्थित बनाउन केन्द्रदेखि गाउँतहसम्म गठन हुने सर्वदलीय संयन्त्र लगायतका बारेमा छलफल हुनेछ ।

यसअघि हिजो संसदको राष्ट्रिय विपद व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले केन्द्रदेखि गाउँतहसम्म गठन हुने सर्वदलीय संयन्त्रको विषयमा २ दिन भित्र जानकारी दिन निर्देशन दिएको थियो ।

वैशाख १२ गते गएको विनाशकारी महाभूकम्प प्रभावित क्षेत्रमा राहत, पुर्नस्थापना र पुर्ननिनर्माणका कार्यक्रम प्रभावकारी र पारदर्शी बनाउन केन्द्रमा आफ्नै नेतृत्वमा संसदमा रहेका राजनीतिक दलका प्रमुख नेताहरु सहितको सर्वदलीय संयन्त्र गठन गरिसकेको प्रधानमन्त्री सुशील कोइरालाले बैशाख २५ गतेकै संसद बैठकमा जानकारी दिनुभएको थियो ।