Live Streaming

​अनुसन्धान कार्य अघि बढ्यो ।

जेठ ७, काठमाडौं । 

बैशाख १२ र त्यसपछि गएका भूकम्पले क्षतविक्षत भएका विशेष ६ जिल्लामा अध्ययनका लागी सरकारले पठाएको भूगर्भविदको विज्ञ टोलीले अनुसन्धान कार्य अघि बढाएको छ ।

भूकम्पले पारेको असर र मानवीय बसोबास भएका बस्तीमा हुन सक्ने क्षति तथा पुनर्वासका लागि सुरक्षित स्थान पत्ता लगाउनका लागि सरकारले भूगर्भविदको विशेष टाक्स फोर्स पठाएको हो । टोलीमा खानी तथा भूगर्भ विभागका महानिर्देशकको संयोजकत्वमा नापी विभाग, नेपाल भौगर्भिक समाज, इसिमोड त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र गृहमन्त्रालयका पदाधिकारी पनि छन् ।

नौ सदस्यीय विशेष  ‘टाक्स फोर्स’ ले भूकम्प प्रभावित क्षेत्रको स्थलगत तथा स्याटेलाइट डाटाको आधारमा अध्ययन गरी बसोबास गर्न उपयुक्त तथा जोखिमको स्थान पत्ता लगाएर १५ दिनभित्र सरकारलाई प्रतिवेदन दिने छ ।