Live Streaming

​ अमेरिकी सेना चार ओटा ओस्प्रे विमानसहित आज फर्किदै

जेठ ७, काठमाडौं । 

बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि उद्धार तथा राहतका लागि आएको अमेरिकी सेना चार ओटा ओस्प्रे विमानसहित आज फर्किदै छन ।

नेपालमा भूकम्प लगत्तै अमेरिकी सरकारले अमेरिकी सेनाका ज्वाइन्ट फोर्सको टोलीलाई ओस्प्रे विमानसहित नेपाल पठाएको थियो । सेनाको उद्दार टोलीसँगै घाइते नेपालीहरुको उद्दार र राहतका लागि ल्याइएको अमेरिकी सेनाको चार बटै ओस्प्रे विमान पनि आज नै अमेरिका लगिने भएको छ । बाँकी रहेका केही हेलिकोप्टर पनि एक दुई दिनमै अमेरिका फर्कने बताइएको छ ।

यसअघि हिजो काठमाडौंस्थित सैनिक मुख्यालयमा दुई देशको सेनाले संयुक्त पत्रकार सम्मेलनमा गरी अमेरिकी सेनाका ज्वाइन्ट फोर्स कमाण्डर जोन विस्लरले आफ्नो टीम फर्किन लागेको भन्दै यसबीचमा नेपाल सरकार, नेपाली सेना र नेपाली जनताबाट प्राप्त सहयोग र सद्भाव प्रति धन्यावाद व्यक्त गर्नुभयो ।

उहाँले विपद्को बेला पनि नेपालमा देखिएको एकता र सद्भावले आफूहरुको कार्यलाई थप सहयोग पु¥याएको प्रतिक्रिया दिनुभयो । नेपालमा परेको यो महाविपद्को घडीमा नेपाली र नेपाल सरकारलाई जस्तोसुकै सहयोग गर्न पनि आफूहरु तयार रहेको प्रतिक्रिया विस्लरको छ ।