हात्तिले किचेर मृत्यु
जेठ ७, सुनसरी ।
सुनसरीको हरीपुरमा आज बिहान हात्तिले किचेर एक बृद्धको घटनास्थलमै मृत्यु भएको छ ।
हरीपुर–४ का ७० बर्षिय प्रेम मगरलाई आज बिहान ५ बजेतिर हात्तीले किचेर मारेको प्रहरीले जनाएको छ ।
एकाबिहानै भारतबाट नेपाल छिरेका ४ वटा जंगली हात्तीले मगरको घर भत्काउन खोजेपछि प्रतिकार गर्ने क्रममा मगरलाई हात्तीले कुल्चिएर मारेको जनाइएको छ ।
घटनापछि हात्तीलाई स्थानियवासी र प्रहरीको सहयोगमा जंगलतर्फ लखेटिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।