Live Streaming

​सिरियाको पाल्माईरा शहर आईएसको कब्जामा

जेठ ७, एजेन्सी । 

ईस्लामिक स्टेट आईएसले बिश्ब सम्पदा सुचिमा रहेको सिरियाको पाल्माईरा शहर कब्जामा लिएको छ । आई एस बिद्रोहिले शहर कब्जामा लिएसैगै सरकारि सेना भने त्यहाबाट हटाईएको छ ।

सिरियन अधिकारिहरुका अनुसार सो शहरका अधिकाशं निबासहरु पनि खालि गरिएका छन् । ऐतिहासिक एबम परम्परागत महत्ब बोकेका सम्पदाहरु समेत बिद्रोहिले आफ्नो नियन्त्रणमा राखेका छन् । यसैबिच गृहमन्त्री महम्बद अल सारले ऐतिहासिक स्थलहरुलाई आईएस बिद्रोहिको कब्जाबाट मुक्त गराउन सरकारले पुर्ण प्रयास गर्ने बताउनुभएको छ ।

यसअघि आईएसले ईराकका पनि दर्जनौ प्राचिन अबशेषहरु नष्ट गरेको थियो । सिरियामा पनि आफ्नो प्रभुत्व जमाउन उसले सो शहरलाई बिगत लामो समय देखि कब्जामा लिने प्रयास जारि राखेको थियो । बिद्रोहिले ग्यास र तेल खानी पनि आफ्नो कब्जामा पार्ने प्रयास गरिरहेको बीबीसीले जनाएको छ ।