Live Streaming

आप्रबासि नागरिकलाई शरण दिन मलेशिया, ईण्डोनेशिया र थाईल्याण्ड सहमत

जेठ ७, एजेन्सी । 
मध्य समुन्द्रमा फसेका ७ हजार आप्रबासि नागरिकलाई अस्थायी रुपमा शरण दिन मलेशिया ईण्डोनेशिया र थाईल्याण्ड सहमत भएका छन् ।

मलेशिया र इन्डानेसियाले यसअघि नै उनीहरुलाई अस्थायी शरण दिन सहमती जनाएपनि थाईल्याण्डले भने सहमती जनाएको थिएन् । हिजो तिन देशका बिदेश मन्त्रीहरुको बैठक पछि थाईल्याण्ड पनि आप्रबासिहरुलाई अस्थायी रुपमा शरण दिन सहमत भएको हो ।

म्यान्मार र बंगलादेशका रोहिग्या मुसलमानहरु मध्य समुन्द्रमा अलपत्र परेपछि मानबिय सहयोगका लागि उनीहरु एकजुट भएका हुन् ।

यसैबिच संयुक्त राष्ट्रसंघले उनीहरुको सो कदमको स्बागत गरेको छ । राष्ट्रसंघले उनीहरुका लागि चिकित्सकिय मद्दत पनि आबश्यक रहेको बताएको छ । फसेका आप्रबासिहरुको हिजोबाट उद्धार समेत सुरु गरिएको छ ।