नेपालले अनुरोध गरे थप सहयोग गर्न भारत तयार
काठमाडौं, जेठ ६ । भारतका अतिरिक्त प्रमुख सचिव पीके मिश्राले नेपाल सरकारले अनुरोध गरे नेपालको पुन निर्माणमा सहयोग गर्ने बताउनु भएको छ । उहाँले भारतको गुजरात र उत्तराखण्डमा पुर्नस्थापना र पुननिर्माण गरेका विज्ञहरुले नेपालको पुर्नस्थापना र पुर्न्निर्माणमा सघाउने बताउनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुतका रुपमा आउनु भएका मित्राले फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरेर यस्तो बताउनुभयो ।
उहाँले ४० हजारको ज्यान जाने गरी गुजरातमा आएको भुकम्पबाट विस्थापितहरुलाई तीन देखि पाँच वर्षमा पुर्नस्थापना र पुर्न्निर्माण गरिएको जानकारी दिदै नेपाल सरकारले अनुरोध गरे आफूहरु यहाँ पनि सघाउन आउन तयार रहेको बताउनुभयो ।
तत्कालिन अस्थायी आवास निर्माणको लागि नेपाल सरकारले भने भारतले जस्ता पाता उभ्याउन तयार रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न भारत तयार रहेको भारतीय प्रधानमन्त्री मोदीको सन्देश समेत बताउनुभयो ।