नुवाकोटमा राहत वितरण स्थगित
देवचन्द्र भट्ट, नुवाकोट । कतिपय स्थानमा दोहोरिएको र आवश्यक सवै स्थानमा पुगेको निष्कर्षपछि महाभुकम्पका प्रभावित नुवाकोटमा आजदेखि राहत वितरण कार्य वन्द भएको छ ।
पीडित सर्वसाधारणको सुविधाको लागि दुई साता अगाडिदेखि वितरण गरिएको सरकारी राहत वितरण कार्य तत्काललाई वन्द गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको अध्यक्षतामा विदुरमा सम्पन्न वैठकले एक विदुर नगरपालिका र ६१ गविस रहेको नुवाकोटका अधिकांश स्थानमा राहत पुगेको निष्कर्शसहित वितरण कार्य हाललाई रोक्ने निर्णय गरेको हो ।
प्रजिअ निरौलाका अनुसार कतिपय गाविस तथा वडामा दोहोरिएको र यसवाट झडपको स्थितिसमेत आउन सक्ने भएकाले स्थितिलाई मध्यनजर गर्दै राहत वितरण रोक्ने निर्णय गरेको हो । तर, पुगिसकेका कतिपय स्थानमा वर्षात् हुन थालिसकेका कारण अभाव हुन थालेपछि वितरण गर्ने गरि स्टक राखिएको प्रजिअ निरौलाले बताउनुभएको सहकर्मी देबचन्द्र भट्टले जनाएका छन् ।