अहिलेसम्मका सबै निर्णय उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं, जेठ ६ । संसदको राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले बिपत व्यबस्थापनको विषयमा सम्पुर्ण गरेका निर्णय उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समिति बैठकले २ दिन भित्र विपत व्यबस्थापनका लागी सकारले अहिले सम्म गरेको निर्णय उपलब्ध गराउन निर्देशन दिएको हो ।
बैठकले भूकम्प प्रभावित क्षेत्रहरुमा प्रभावकारी रुपमा राहात बितरण गर्न केन्द्र जिल्ला नगर गाबिसहरुमा सर्वदलिय संयन्त्र ७ दिकन भित्र निर्माण गर्न पनि सरकारलाई भनेको छ । भत्किएका संरचनामा पुरिएका, रहराई रहेकाको खोजी गर्न, कालोबजारी गर्ने,कृतिम अभाव सृजन गर्ने, गुणस्तरहनि खाद्य बस्तु बेच्ने र विपत्तिको समयमा अफवहा फैलाउने लाई कारवाही गर्न समितिले सरकारलाई निर्देशन दिएको छ ।